महेन्द्रनगर । तिमी भए बिहानीमा चिया भए पुग्छ, खाजा चाहिँदैन!! म संग हात समातेर हिडिदिए पुग्छ गाडी चाहिँदैन!!!

एउटा फुल टिपी ल्याइदिए पुग्छ, मलाई उपहार चाहिँदैन!! यसै हराउँछु तिमी बोली दिए पुग्छ मलाई सङ्गीत चाहिँदैन!!!

म त यसरी पनि जिउन सक्छु, थोरै ठाउँ तिम्रो अंगालोमा दिए पुग्छ मलाई घर चाहिँदैन!! खुशी म संग आएर साटीदिए पुग्छ, मलाई धन चाहिँदैन!!!

मेरा चाहानाहरू तिमीमा नै गएर खतम हुन पुग्छ मलाई अरू केही चाहिँदैन बस तिमी भए पुग्छ!!!