Saturday, July 27, 2024

एकल महिलाका लागि कुखुरापालन तालिम सञ्चालन

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको लालझाडी गाउँपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा एकल महिलाका लागि जीविकोपार्जन अन्तर्गत कुखुरापालन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडा नम्बर २ मा मंगलबार र बुधबार गरी दुई दिनसम्म तालिम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो । त्यस क्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एकल महिलाहरूको जीवनस्तर माथि उकास्नका लागि लालझाडी गाउँपालिकाले कुखुरा पालन, बाख्रापालन, भैँँसीपालन र तरकारी खेतीमा जोड दिँदै आएको बताउनु भयो ।

पशु शाखा प्रमुख बिसनसिंह बिष्टले तालिमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा यसअघि नै तालिम सम्पन्न भइसकेको महिला, बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख मानमति भट्ट ओझाले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार