Saturday, July 27, 2024

सुदूरपश्चिममा सांसदको मतदान सकियो पालिकाको जारी

प्रकाशित:

महेन्द्रनगर सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतदान सकिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरूको लागि मतदान केन्द्र तोकिएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अहिले सम्म सबै ५२ जनाले मतदान गरेको मतदान केन्द्रका सहायक कर्मचारी युवाराज जैशीले जानकारी दिए । उनका अनुसार सबै भन्दा पहिलो माओवादी केन्द्रका सांसद ओमविक्रम भाट सरल र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए । ख मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ अझै तीन जनाले मतदान गर्न बाकी रहेको छ। यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रतिनिधि गरी २२७ जना मतदाता रहेका छन् ।

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् । एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।

ताजा समाचार

सम्बन्धित समाचार