Saturday, July 27, 2024

मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी युद्धस्तरमा

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको महेन्द्रनगरमा हुने मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी युद्धस्तरमा अघि बढेको छ । आउँदो आईतबारदेखि खुला मञ्चमा हुने तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी युद्धस्तरमा अघि बढाईएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा हुने प्र्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगिताको संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आथित्यमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले प्रतियोगिताको तयारीका लागि कोड सहित फिल्ड व्यवस्थापन भईरहेको बताए । सचिव विष्टका अनुसार प्रतियोगिता प्रभावकारी बनाउन संघका पदाधिकारी सदस्यलाई विभिन्न जिम्मेबारी दिईएको छ ।

भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश प्रशाद भट्टलाई मञ्च व्यवस्थापन तथा प्राविधिकफाँट, भरत बहादुर चन्दलाई टिकेट, गंगादत्त अवस्थलिाई स्वयमसेवक परिचालन, मानसिह रावतलाई यातायात व्यवस्थापन, सचिव विष्ट स्वयमलाई सचिवालय व्यवस्थापन, अञ्जु जोशीलाई अतिथि सत्कार, सत्येश बहादुर चन्दलाई साँस्कृतिक व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन रमेश केसी, नवराज भट्टलाई मिडिया संयोजकको जिम्मेबारी दिईएको छ ।

कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले आफ्नो गृहजिल्लामा भईरहेको प्रतियोगिता सफल पार्नका लागि जिम्मेबारी दिएका विभिन्न उपसमितिदेखि प्राविधिक रुपमा मञ्च व्यवस्थापनको कार्य भईरहेको बताए । अध्यक्ष मौनीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले मञ्च व्यवस्थापन, कोड निर्माणदेखि व्यवस्थापकीय कायमा सकृय रहेको बताए ।

भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले क्षेत्रको बृद्धि विकासका लागि संचालित हुने मुख्यमन्त्री भलिबल प्रतियोगिताको भव्य तयारी भईरहेको बताए । उनका अनुसार ५० प्रतिशत तयारी सम्पन्न भएको छ । प्रतियोगिताबाट संकलन हुने रकम कोष निर्माण गरेर सुदूरबाटै भलिबलकी राष्ट्रिय खेलाडी पल्सरपिपुल्समा छनौट भएकी निरुता ठगुन्ना र अर्का खेलाडीलाई सहयोग गरिनेछ ।

सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिहले यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए । उनका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमको सहभागिता हुनेछ । सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतियोगिता हुनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।

सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८० लाख रुपैया विनियोजन गरेको बताए । उनले खेलाडी, प्रशिक्षक एव स्वयमसेवकका लागि आयोजकले बस्नेखाने प्रबन्ध मिलाएको बताए ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले प्रतियोगिताले क्षेत्रको खेलकुद विकास एव पर्यटनमा भूमिका खेल्ने बताए । उपाध्यक्ष गिरीका अनुसार प्रतियोगिताले क्षेत्रका रहेका भलिबलका थप खेलाडीलाई खेलप्रति उत्साहित गर्ने बताए । सातै प्रदेशबाट उत्कृष्ठ खेलाडी छनौट गरेर राष्ट्रिय टिममा समेत सहभागिताले थप उत्साह जगाएको बताए । सरकारले भलिबलाई राष्ट्रिय खेलको घोषित गरेसंगै संघले समेत प्रतियोगिता त्यही अनुरुप अघि बढाईरहेको बताए । १८ माघसम्म संचालन हुने प्रतियोगिताको हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार