एक महिनामै सवा २९ अर्ब बराबर स्रोत सहमति, सबैभन्दा धेरै रासायनिक मल किन्न

प्रकाशित:

काठमाडौं सरकारले एक महिनामै २९ अर्ब रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ । त्यसमध्ये सबैभन्दा बढी बजेट मल खरिदका लागि स्रोत सहमति प्रदान भएको हो ।

अर्थ मन्त्रालयका अनुसार पुस २०८० मा २९ अर्ब २६ करोड ९८ लाख ९३ हजारबराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको छ । त्यसमध्ये रासायनिक मल खरिद गर्न मात्र १५ अर्ब १८ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको हो ।

सिंहदरबार ग्यालरी बैठकको रेट्रोफिटिङ र श्रीमहल भवन पुनर्निर्माण कार्यका लागि थप स्रोत सहमति दिइएको छ । जसमा क्रमशः ६० करोड र २० करोड रुपैयाँ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुष्पलाल राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न खण्डका लागि स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार