Saturday, July 27, 2024

नक्कली टिकट ठेली प्रकरणः अनुसन्धानका लागि प्रहरीलाई पत्र

प्रकाशित:

धनगढी कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको बताए। प्रहरीलाई बुझाइएका सबै टिकट ठेली दुवै पक्षको रहोबरमा सिल गरेर प्रहरी कार्यालयमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार नै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाइएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार