Saturday, July 27, 2024

पूर्वप्रेमीको ढोकामा युवतीले गरिन् बम आक्रमण

प्रकाशित:

महेन्द्रनगर प्रेमीप्रेमिका वा लोग्नेस्वास्नीबीच कसैले धोका दिंदा अर्को पक्ष दुःखित हुने वा बदला लिने गर्नु स्वभाविकै हो । कतिपयले बदलास्वरुप सोसल मिडियामा अभद्र तथा अपमानजनक कुराहरुको सहारा पनि लिने गर्दछन् भने कोही साइबर हमला वा ह्याकिङमा उत्रिएर गोपनीयता भंग गरिदिनेसम्मका कार्य गर्छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

केही मानिस चाहिं रिस थाम्न नसकी भौतिक आक्रमणमै उत्रिन्छन् । एक बेलायती महिलाले रिसको हद पार गर्दै आफ्ना भूतपूर्व प्रेमीमाथि खतरनाक आक्रमण गरेकी छिन् । इंगल्याण्डको नर्थह्याम्पटनमा बस्ने ३९ वर्षीया लरेन मेरी टेलबोटले गएको जुन १८ मा बेलुकी करिब ८ बजे आफ्ना पूर्वप्रेमी बस्ने फ्लाट बाहिर डिओडोरेन्ट बम पड्काइदिएकी छिन् । उक्त विस्फोटन यति भयानक थियो कि आगाको ठूलो गोला नै देखिएको थियो ।

विस्फोटनबाट घरका दुईवटा ढोका निस्किएका छन् भने गाह्रो भत्किनुका साथै कार्पेट जलेको छ । नर्थेन्ट्स प्रहरीका अनुसार जब अग्नी नियन्त्रण टोली घटनास्थलमा पुग्दा त्यहाँको भित्तामा लेखिएको थियो( यो फ्लाट नर्कमा जल्नेछ । संयोगवश ती महिलाका भूतपूर्व प्रेमी त्यसबेला घरमा नरहेकोले उनी बाँचे । तर लरेनले भने पूर्वप्रेमी घरभित्रै रहेको अपेक्षामा बम आक्रमण गरेकी थिइन् ।

प्रहरीले उनलाई तत्कालै पक्राउ गर्‍यो र अनुसन्धानपछि उनीमाथि हत्याको मनसायले बम विस्फोटन गराएको अभियोगमा मुद्दा दायर गर्‍यो । यही जनवरी १६ मा अदालतले लरेनलाई ६ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि विस्फोटनअघि ती दुईबीच के कुरामा विवाद थियो भन्नेचाहिं खुलेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार