Saturday, July 27, 2024

सुदूरकी छोरी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईसमा जिताउन आब्हान

प्रकाशित:

महेन्द्रनगर राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईस प्रतियोगितामा जिताउन आब्हान गरिएको छ । सशस्त्र प्रहरी बल(एपिएफ क्लब)बाट भलिबल खेल्दै आएकी ठगुन्ना पल्सर पिपुल्स च्वाईसमा छनौट भएकी थिईन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

देशैभरीका उत्कृष्ठ विविन्न पाँच विधाका खेलकुद प्रतियोगिता मध्ये भलिबल तर्फ सुदूरकी छोरी ठगुन्ना छनौट भएकी हुन । नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्र्तरगत पिपल्स च्वार्ईस अवार्डमा छनौट भएकी ठगुन्नालाई विजयी गराउन आब्हान गरिएको छ ।

नौगाडा गाँउपालिका ६धुलगडा दार्चुलाकी ठगुन्ना विद्यालयदेखि नै भलिबल खेल खेल्दै आएकी थिईन । एसियन खेलकुद प्रतियोगितामा समेत सहभागि भएकी ठगुन्नाले अधिकतम मत दिएर जिताउन आब्हान गरेकी छिन । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले सुदूरपश्चिमकी छोरी निरुतालाई सम्पूर्ण भलिबलका खेलाडी, खेलप्रेमीदेखि सुदूरपश्चिमबासीले मत दिएर जिताउन आब्हान गरेका छन । सुदूरको विकट जिल्ला दार्चुलाबाट भलिबल प्रतियोगितमा राष्ट्रिय स्तरसम्म पुग्न सफल भएकी निरुतालाई अत्यधिक मत लिएर प्रदेशको नामका लागि जिताउनुपर्नेमा सुदूरपश्चिमेली जनताले समेत आब्हान गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार