Saturday, July 27, 2024

कञ्चनपुरमा नेवि संघ विवादमा केन्द्रीय सचिवालयको विज्ञप्तिः चटौत आधिकारिक भएको उल्लेख

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेवि संघ) कञ्चनपुरको आधिकारिकता सम्बन्धमा केन्द्रीय साचिवालले प्रेस विज्ञप्ती जारी गरेको छ । सोमबार नेपाल विद्यार्थी संघ केन्द्रीय सचिवाल काठमाडौंले एक प्रेस विज्ञप्ति जारी गर्दै रमेश चटौत नेतृत्वको कार्य समिति नै आधिकारिक रहेको जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेवि संघ केन्द्रीय सचिवालयका मुख्य सचिव विजय खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा रमेश चटौतको नेतृत्वमा रहेको जिल्ला कार्य समिति बाहेक कञ्चनपुरमा अरु कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको व्यहोरा उल्लेख गरिएको छ ।

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ–‘उपरोक्त सम्बन्धमा नेपाल विद्यार्थी संघ कञ्चनपुर जिल्लामा श्री रमेश चटौतको नेतृत्वमा रहेको जिल्ला कार्यसमिति बाहेक अरु कुनैपनि कार्यसमिति अस्तित्वमा नरहेको व्यहोरा जानकारी गराइन्छ । तसर्थ रमेश चटौतको नेतृत्वमा रहेको कार्य समितिलाई सहयोग गरिदिन हुन नेपाल विद्यार्थी संघमा आवद्ध सम्पुर्ण साथीहरुलाई अनुरोध गर्दछु ।’ भन्दै नेवि संघ केन्द्रीय सचिवालका मुख्य सचिव विजय खड्काले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

कञ्चनपुरमा चटौत नेतृत्वको कार्यसमिति नै आधिकार भएको सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्ति नेवि संघको आधिकारिक फेसबुक पेजमा समेत राखिएको मुख्य सचिव खड्काले बताए ।

चटौतलाई झण्डै एक वर्ष अघि ०७९ माघ १३ गते नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले जिल्ला अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेवारी तोकेका थिए ।

May be an image of text that says "तिद्यार्थी एकता राष्ट्रियता लोकतन्त्र समाजवाद Nationality नेपाल विद्यार्थी संघ NEPAL STUDENTS' UNION २०१1/1970) केन्द्रीय रल्काठमाण्डी Central athmandu Ref. No: १५६/०૬०/5૧ २१ मिति २०६०/१०/०૬ प्रेस विज्ञप्ति उपरोक्त सम्बन्धमा नेपाल विद्यार्थी संघ कज्चनपुर जिल्लामा श्री रमेश चटौतको नेतृत्वमा रहेको जिल्ला कार्यसमिति बाहेक अरु कनै पनि कार्यसमिति अस्तित्वमा नरहेको व्यहोरा जानकारी गराइन्छ तसर्थ रमेश चटौतको नेतृत्वमा रहेको कार्यसमितिलाई सहयोग गरिदिनहुन नेपाल विद्यार्थी संघमा आवद्द सम्पूर्ण साथीहरुलाई अनुरोध गर्दछु। जय नेपाल विजय खडका मुख्य सचिव P.O. Box:7726,Anamnagar,Kathmandu,Nepal Tel./Fax: +77-01425941,E-mailinfo@nsu.org.p www.nsu.org.np"

नेवि संघ केन्द्रीय सचिवालको आधिकारिक फेसबुक पेजमा रहेको प्रेस विज्ञप्तिको लिङ्कः https://www.facebook.com/photo?fbid=374071931926733&set=a.112246971442565

 

ताजा समाचार

सम्बन्धित समाचार