Saturday, July 27, 2024

शुक्लाफाँटा-२ मा निर्माणाधिन खानेपानीको योजना शुचारुको माग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ ढकनियामा निर्माणाधिन खानेपानीको योजना शुचारुमा स्थानीय जनताले माग अघि सारेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत आर्थिक बर्ष ०७९र०८० मा शुरु भएको खानेपानीको योजनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र जानकी महिला मध्यवर्ती सामुदायिक वनले अवरोध गरेपछि काम रोकिएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रमा रहेको जानकी महिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहलाई पत्राचार गरेर मध्यवर्ती क्षेत्रमा पर्ने स्थानमा संरचना निर्माण नगर्न नगराउन पत्राचार गरेको थियो ।

उक्त पत्राचार आधारमा जानकी महिला मध्यवर्ती सामुदायिक वनका सचिव पदम बहादुर बोहराले खानेपानी निर्माण कम्पनीलाई उच्चकोटी कन्स्ष्ट्रक्सनलाई काम रोक्न पत्राचार गरेपछि काम रोकिएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोबिन्द अवस्थीले गत जेठमा शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले शिलान्यास गरेको खानेपानीको योजना अन्तिम चरणमा पुगेपछि सामुदायिक वन र निकुञ्जले अनेकन बखेडा झिकेर रोकेको बताए । ‘खानेपानीको पर्खाल, घरदेखि ओभरहेडट्याङकी निर्माण अन्तिम चरणमा पु¥याईसकेको थियो, ‘उनले भने, ‘एक्कासी आएर निकुञ्जले रोक्यो र सामुदायिक वनका सचिवले कसैलाई जानकारी नदिएरै पत्राचार गरेको देखियो ।’

गाँउमा निर्माण भईरहेको खोपानीको योजनामा सामुदायिक वन बिरोधमा देखिएपछि गाँउभेलाले जानकी महिला मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सरस्वती चन्दले राजिनामा दिएपछि अध्यक्षमा दुर्गा भट्ट९जोशी०लाई सामुदायिक वनको अध्यक्ष बनाएको बताए ।

निकुञ्जले रोकेपछि भोगाधिकारका लागि आवश्यक प्रकृया अघि बढाईरहेका बेला जानकी महिला मध्यवर्ती सामुदायिक वनका सचिव पदम बोहराले निर्माण कम्पनीलाई पत्राचार गरेपछि स्थानीय आक्र्रोसित भएको बताए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष अवस्थीले खानेपानी योजना पनि जनतासग प्रत्यक्ष सरोकार राख्ने भएकाले खानेपानीको योजना शुचारुमा सरोकारवालाले पहल गर्नुपर्नेमा जोडदिए ।

उक्त स्थानीय अगुवा गणेश भट्टले जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीको विषयमा राज्यका निकाय गम्भिर हुनुपर्ने र समयमै निर्माण हुनुपर्नेमा जोडदिए । शुक्लाफाँटा नगरपालिका २का वडाध्यक्ष भोदुराम चौधरीले खानेपानीको योजना शुरु गर्दा सामुदायिक वनलाई समेत समन्वय गर्दा समेत अवरोध भएको बताउँदै उनले शुचारुका लागि सरोकारवालासंग सहकार्य भईरहेको बताए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार