Saturday, July 27, 2024

अधिकारकर्मी शाही सम्मानित

प्रकाशित:

महेन्द्रनगर । महिला तथा मानव अधिकारकर्मी एवं सामाजिक क्षेत्रमा कृयाशिल महिला उर्मीला शाही सम्मानित भएकी छिन । आईतबार भीमदत्त नगरपालिकाको ४६ औ बर्ष (पाँचौं) स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका माझ जयपृथ्वी बहादुर सिंह मानब अधिकार पुरस्कारबाट अधिकारकर्मी शाही सम्मानीत भएकी हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विगत १२ बर्ष देखि साथी संस्थामा कार्यरत अधिकारकर्मी शाहीलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेबाफत दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गर्नेलाई सम्मान गर्ने योजना अनुसार थुप्रै विधा मध्येको एक विधा जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरूस्कार पनि रहेको र सोहि अनुरूप विशेष मुल्यांकनका साथ मानव अधिकारकर्मी शाहीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको नगरपालिकाले जनाएको हो ।

अहिले शाही महेन्द्रनगरमा रहेको साथी संस्थाको कञ्चनपुर जिल्ला संयोजकको रूपमा काम गर्दै आईरहेकी छिन् । यसरी आफ्नो कामको उचित मुल्यांकन गरी सम्मान हुन पाउँद खुसी लागेको भन्दै आयोजक भीमदत्त नगरपालिकालाई आभार समेत व्यक्त गरेकी छिन् ।

उनले भनिन् ‘भीमदत्त नगरपालिकाले मेरो कामको मुल्यांकन गरेर सम्मानित गरेकोमा हार्दिक आभार दिन चाहान्छु, आगामी दिनमा समेत थप जिम्मेवार भएर काम गर्दै जाने प्रण समेत गर्दछु ।’

उनले अगाडी भने, ‘यो पुरस्कार म कार्यरत साथी संस्था प्रति समर्पण गर्दै पुरस्कारले मलाई हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा थप उर्जाशिल भएर लाग्न प्रेरणा मिलेको बताए ।’

यसरी लामो समय सामाजिक क्षेत्र देखिन महिला तथा मानव अधिकारको क्षेत्रमा दिन रात लागेर सम्मानित बन्न पाउँद निकै हर्षित भएको सुनाउदै सके जति सेवा अनाथ बालबालिका र अन्य क्षेत्रमा समेत आगामी दिनमा काम गर्ने योजना रहेको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार