Saturday, July 27, 2024

नेपाली भूमिमा भारतीयको दादागिरी

प्रकाशित:

महेन्द्रनगर । भारतीय पक्षबाट नेपाली भूमि कञ्चनपुरको बेलौरी भुडा क्षेत्रमा एसएसबी नापजाँच गरेर सीमा अतिक्रमण गर्ने कुचेष्टा निरन्तर जारी रहेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली भूमिमा पटक पटक हस्तक्षेपदेखि सीमा अतिक्रमण गर्न, नेपाली सीमावर्ती क्षेत्रमा निर्माण हुने संरचनामा अवरोध गर्दै आएको छ । ०७५ सालदेखि हुलाकी राजमार्ग स्थित बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा १२सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको एसएसबीले नेपालीका खेतदेखि विकास पूर्वाधारसम्म अनाहकमा हस्तक्षेप गर्दै आफ्नो दादागिरी देखाईरहेको छ ।

शनिबार मात्रै उत्तराखण्ड पिलिभित जिल्लामा रहेको भारतीय सीमा सुरक्षा बल(एसएसबस्ी)को टोलीले बेलौरी नगरपालिका १० भुडा क्षेत्रमा नेपाली भूमि नापजाँच गर्न खोजेका थिए । विगतदेखि नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको शसस्त्र प्रहरीले भुडा क्षेत्रमा हराएको सीमा पिलर खोजिबिनको बहानाबाजी बनाएर नेपाली भूमिमा नापजाँच गर्न खोजेको स्थानीय बताउँछन । भुडा क्षेत्रका स्थानीय ओम प्रकास पन्तले केही भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवान हतियार सहित नेपाल आएर नेपाली भूमि नापजाँच गर्न खोजेको बताए । सीमा पिलर ३३ नम्बर क्षेत्रका एसएसबी फिता सहित आएका थिए ।

‘एकातिर नेपाली भूमिमा प्रवेस गरेर एसएसबीले हाम्रो नेपाली भूमि नाप्न थाले, ‘उनले भने, ‘त्यसपछि हामीले सशस्त्र प्रहरीलाई खबर गरेर फिर्ता गराईदिएका हौँ ।’ अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले सीमाको नापनक्सा गर्दा नेपाल भारत संयुक्त सीमा सर्वे टोली हुँदाहुँदै भारतीय एसएसबीले नेपाली सुरक्षा निकायलाई समेत जानकारी नगराएर नापजाँच गर्ने कार्य गलत भएको टिप्पणी गरेका छन ।

संयोजक भट्टले आफैले संयुक्त सीमा सर्वे टोली गठन गर्दा गरेको समझौता उलङघन गर्दै भारतीय दादागिरी भएको अथ्र्याएका छन ।संयोजक भट्टले स्ट्रीप नक्सा तयार गर्दा नेपाली भूमि नेपाली जनताले भोगचलन गरेको जमिन, ह्ुलाकी सडक, विद्यालयको जमिन लगायतका नेपाली भूमि भारततिर देखाएर सीमा समस्या सृजना गरेको भन्दै स्ट्रीप नक्सा सच्याउनुपर्नेमा जोडदिएका छन । सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले नेपाली सुरक्षा निकायलाई जानकारी नगराएरै आएका भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानलाई सशस्त्र प्रहरीले फकाईदिएको बताए ।

‘त्यहाँ खटिएको एसएसबीको नयाँ टोली रहेछ, हराएको पिलर हेर्न आएका हौँ भनेर हामीलाई जवाफ दियो, हामीले थाहा पाउने वित्तिकै बिओपी भुडाका इन्चार्ज रामसारु मगर नेतृत्वको सशस्त्र प्रहरी टोलीले उनीहरुलाई फकाईदिएको छ ।’

यस विषयमा आफुले भारतीय सीमा सुरक्षा बलका कमानडेन शेरसिह चौधरीसंग छलफल गरेको बताउँदै शसस्त्र प्रहरीका एसपी रावलले अब उपरान्त यस्ता गतिबिधी नदोहो¥याउने भारतीय एसएसबीले प्रतिबद्धता जाहेर गरेका छन । भारतीय एसएसबीले कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रमा अमानविय तथा सीमा हस्तक्षेप जस्ता गतिबिधीले नेपाली नागरिक हैरान भएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार