Saturday, July 27, 2024

विपदका कारण सुदूरपश्चिममा चार करोड २८ लाखभन्दा बढीको आर्थिक नोक्सानी

प्रकाशित:

धनगढी । विपदका कारण सुदूरपश्चिममा चार करोड २८ लाखभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म चार करोड २८ लाख ६४ हजार चार सय ४० बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको हो। सबैभन्दा बढी आगलागीबाट आर्थिक नोक्सानी भएको छ। आगलागीबाट चार करोड १७ लाख ७४ हजार चार सय ५०, जनावर आंतकबाट एक लाख ३० तथा जंगल आगलागीबाट ९६ हजार बराबरको नोक्सानी भएको अनुमान छ।

सो अवधिसम्म आगलागीका ९४ घटना घटेका छन्। ती घटनामा परेर दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ। पाँच पुरुष र ६ महिला गरी ११ जना घाइते भएका छन्। आगलागीबाट एक सय १३ परिवार प्रभावित बन्न पुगेको अभिलेख छ। त्यस्तै जनावर आंतकका २५ घटना घटेका छन्। ती घटनामा परेर एक पुरुष र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ।

१४ पुरुष र १२ महिला गरी २६ जना घाइते भएका छन्। यस्ता घटनाबाट २६ परिवार प्रभावित बन्न पुगेका छन्। साउनयता १२ पटक भारी वर्षा भएको छ। त्यसबाट २१ परिवार प्रभावित बन्न पुगेका छन भने आंशिक र पूर्ण १५ घरमा क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। सुदूरपश्चिममा चालु आर्थिक वर्षको पौष मसान्तसम्म प्राकृतिक विपदका दुई सय ४५ घटना घटेका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार