खण्डहर ‘ह्वाइट हाउस’को सरसफाईमा जुटे महेन्द्रनगरका स्थानीय

प्रकाशित:

चुडामणी अवस्थी ।
महेन्द्रनगर । महेन्द्रनगरको बजार केन्द्रमा खण्डहर अवस्थामा रहेको ‘ह्वाइट हाउस’ को सरसफाईमा स्थानीय समाजसेवी एवं बौद्धिक वर्ग जुर्मुराएका छन् । शनिवार बिहानैदेखि महेन्द्रनगरका समाजसेवी एवं बौंद्धिक वर्गले बजार केन्द्रमा रहेको ‘ह्वाइट हाउस’ परिसर सहित भवनका कोठाहरुको समेत सरसफाई गरेका हुन् ।

‘खण्डहर बन्यो महेन्द्रनगरको ‘ह्वाइट हाउस’ : बेथितले छोडेको २० वर्षसम्म पाएन माली !’ शिर्षकमा निगरानी खबरले शुक्रवार समाचार प्रकाशन गरेको थियो ।

उक्त भवनको सरसफाईमा स्थानीय समाजसेवी एवं बौंद्धिकवर्ग सहित सेना, प्रहरी, नेता, पत्रकारलगायतको उल्लेखनीय उपस्थिती रहेको समाजसेवी नवराज भट्टले बताए । ह्वाइट हाउसको परिसर देखि भवनका कोठाहरुमा समेत सरसफाई गर्ने कार्यक्रम रहेको उनले बताए ।

नेपाल टेलिकमको भवन अगाडीपट्टी रहेको पुरानो छात्रबास भवन (ह्वाइट हाउस) निकै जीर्ण(खण्डहर) अवस्थामा पुगेको छ । लगभग ०२७/२८ साल तिर बनेको उक्त भवन सिद्धनाथ बहुमुखी क्याम्पसका विद्यार्थीहरुको छात्रबास हो ।

महेन्द्रनगर बजारको सौन्दर्यमा समेत उक्त ह्वाइट हाउस घुरान बनेको छ । बजारको सौन्दर्यतामा झट्ट हेर्दा ‘भुत बङ्गला’ जस्तो अनुभूति दिलाउने उक्त ह्वाइट हाउस २० वर्षदेखि माली खोजिरहेको छ ।

समाचार लिङ्कः खण्डहर बन्यो महेन्द्रनगरको ‘ह्वाइट हाउस’ स् बेथितले छोडेको २० वर्षसम्म पाएन माली !

 

 

ताजा समाचार

सम्बन्धित समाचार