Saturday, July 27, 2024

कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुरका विद्यालयमा २ दिन जाडो बिदा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा अत्यधिक चिशो बढेपछि दुई पालिकाले आफना सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् । नगरपालिकाले पछिल्लो समय अत्यधिक जाडो बढेको भन्दै माघ ४ र ५ गते विद्यालयमा जाडो विदा दिने निर्णय गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको पठनपाठनमा असहजता र स्वास्थ्य अवस्थामा समेत प्रतिकुल असर पर्ने अवस्था भएकाले बिद्यालयको जाडो विदाबाट २ दिन विदा दिने निर्णय गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार