Saturday, July 27, 2024

बैतडीमा सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनमा आयो

प्रकाशित:

बैतडी । बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना मंगलबार देखि सञ्चालनमा आएको छ । एक सय किलोवाट क्षमता उत्पादन सहित सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तत्कालका लागी मर्मत गरेर परक्षिणका लागी करिब एक घण्टा पाटन बजारमा बिद्युत सप्लाई गरेको उनले बताए । सफल परिक्षण संगै अबदेखि दैनिक जसो पावर हाउस सञ्चालनमा आउने पौडेलले बताए ।

२०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृह मंगलबार देखि सञ्चालनमा आएको हो । सिचाई तथा बिद्युत उत्पादन एकै नहरबाट गर्नुपर्ने भएकाले अहिलेलाई दैनिक रुपमा करिब चार पाच घण्टा मात्र उत्पादन हुने र स्तरोन्ती पश्चात उत्पादन केहि बढ्ने पौडेलले बताए ।

बैतडी जिल्लामा गहनाको रुपमा रहेको सो आयोजना सञ्चालनमा आएपछि जिल्लामा केहि सहजाता आउने उनले बताए । हिउ परेको बेला अथवा हावाहुरीले जिल्लामा कुनै समस्या आएपनि पाटन बजारमा सुर्नयागाड जलविद्युत आयोजनाले बत्ती बाल्नु सकीने उनले बताए ।

२ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना भएपनि अहिले एक सय किलोवाट क्षमता उत्पादन सहित सञ्चालनमा आएको हो । अन्य देशबाट आयात गरिरहेको बेला आफ्नै देशमा रहेको आयोजनाको उत्पादन सञ्चालनमा आएमा केहि राहात महशुस हुने पौडेलले बताए ।

२०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नका लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्युत वितरण केन्द्र बैतडीको प्राविधक टोलीले मंसिर महिनामा स्थलगत अनुगमन समेत गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार