Saturday, July 27, 2024

जिल्ला समन्वय समिति कञ्चनपुरद्धारा कञ्चन दर्पण नामक पहिलो बुलेटिन प्रकाशित

प्रकाशित:

महेन्द्रनगर । जिल्ला समन्व समिति कञ्चनपुरले जिल्लाको समग्र पक्ष झल्कीने गरी कञ्चन दर्पण नामक वार्षिक बुलेटिनको पहिलो संस्करण प्रकाशित गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

समन्वय समितिको सभा कक्षमा आयोजित कार्यक्रममा नेपाल सरकारका निवर्तमान भौतिक पुर्वधार विकास मन्त्री तथा नेपाली काग्रेंसका प्रमुख सचेतक माननीय रमेश लेखकले मंगलबार एक कार्यक्रमकाविच वार्षिक बुलेटिनको पहिलो संस्करणको विमोचन गरेका थिए ।

समन्वय समितिले प्रकाशन गरेको कञ्चन बुलेटिनमा कञ्चनपुरको भौगोलिक,सास्कृतिक,धार्मिक, आर्थिक,तथा राजनितिक अवस्थाको बारेमा प्रष्ट पारिएको छ । वार्षिक बुलेटिनको विमोचन गर्र्दै माननिय लेखकले जिल्ला समन्वय समितिले प्रकाशन गरेको बुलेटिन ऐना भएको यो कञ्चन दर्पणमा समग्र कञ्चनपुर संक्षेपमा देखिएको बताए । कञ्चन दर्पणमा जिल्ला भित्र रहेका विभिन्न पर्यटकिय स्थलका चित्रहरुले कञ्चनपुर जिल्ला पर्यटकका लागि कति उत्तम गनतब्य हो भन्ने कुरा प्रष्ट भएको र जिल्ला समन्वयले प्रकाशित गरेको ज्ञानमुलक मुखपत्र सानु भएपनि उचित, यपयोगी प्रशंसनिय रहेको भन्दै धन्यवाद समेत ब्याक्त गरेका छन् ।

कार्यक्रममा समन्वय समितिका प्रमुख दर्गादत्त बोहराले पहिलो प्रकाशन भएकाले पुस्तकमा थुप्रै कमजोरी हुनसक्ने बताउदै आगामी प्रकाशनमा ति सबैलाई सच्याईने बताए । जिल्ला समन्वय समितिले प्रकाशित गरेको कञ्चन दर्पण नामक बुलेटिन कञ्चनपुर जिल्लामा रहेका निजि तथा सामुदायीक विद्यालमा स्थानिय शिक्षाको रुपमा पठनपाठन गराउ पनि उपक्त रहने उपस्थित सबैको धारणा रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार