Saturday, July 27, 2024

माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीर

प्रकाशित:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन् । देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि ९बुधबार० देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे । बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्।

केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए। शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ।

जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । यता शिवाना सौन्दर्य सामग्री ९ब्युटी—प्रडक्ट० को व्यापारमा छिन्। उनी कभर गायक पनि हुन्। जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

ताजा समाचार

सम्बन्धित समाचार