Saturday, July 27, 2024

महेन्द्रनगरमा हाम्रो भोजनालयको माघी विशेष अफरः १०० रुपैँयाको खानामै ‘स्कुटी’ उपहार

प्रकाशित:

टेक कुवँर ।
महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरमा एक होटलले माघी विशेष अफर सुरु गरेको छ । महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले ग्राहकहरु मध्येबाट एक जनालाई माघी विशेष अफरका रुपमा टिभीएसको १२५ सीसी ‘स्कुटी’ उपहार दिने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आठ वर्षदेखि ग्राहकहरुलाई एक सय रुपैँयामा खाना खुवाउँदै आएको महेन्द्रनगरको हाम्रो भोजनालयले यस पटक माघी विशेष अफरका रुपमा एक जना भाग्यशाली विजेतालाई टिभीएसको १२५ सीसी ‘स्कुटी’ उपहार दिने ‘स्किम’ ल्याएको छ ।

महेन्द्रनगर गल्ली नं. ४ मा रहेको हाम्रो भोजनालयले माघी विशेष अफर हिजो माघ १ गतेदेखि सुरु गरेको छ । मात्रै एक सय रुपैँयामा खाना खाएर भाग्यशाली एक जनाले ‘स्कुटी’ जित्न सक्ने हाम्रो भोजनालयका सञ्चालक चक्र प्रसाद मिश्रले बताए ।

उक्त ‘स्किम’ १२० दिन सम्म चल्ने उनले बताए । ‘हामी १५/२० दिनमै पनि उपहार खोल्न सक्थ्यौं, तर धेरै भन्दा धेरै मान्छे समेटिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’ हाम्रो भोजनालयका सञ्चालक मिश्रले भने, ‘हामीले पहिले पनि ग्राहकहरुका लागि धेरै पटक उपहार स्किमहरु ल्याएका छौं । पछि कसैले थाहाँ नै पाएनौं, हामी पनि आउथ्यौं लगायतका कुराहरु राख्न नपरोस भनेर १२० दिन सम्मका लागि यो स्कुटी उपहार स्किम लम्ब्याएका हौं ।’

No description available.

हाम्रो भोजनालयमा खाना खाने ग्राहकहरुको माघ १ गतेदेखि क्रमशः नाम र फोन नम्बर राखिने र पछि त्यहि ‘सिरीयल नम्बर’ का आधारमा निष्पक्ष रुपमा गोलाप्रथाबाट विजेता घोषित गरिने सञ्चालक मिश्रले बताए ।

उपहारका लागि कुनै कारणवस समय र मिति फरक पर्ने गएमा हाम्रो भोजनालयको निर्णय नै मान्य हुँने, अफरका समयमा कुनै प्रकारको मुल्यवृद्धि खानाको गुणस्तरमा फेरबदल नगरिने, विजेता स्वयंम आफै आएर क्लेम गर्नुपर्ने अर्थात फोनबाट जानकारी गराइने, उक्त अफर नेपाली नागरिककालागि मात्रै मान्य हुँने समेतका सर्तहरु पनि रहेको हाम्रो भोजनालयका सञ्चालक मिश्रले बताए ।

हाम्रो भोजनालयले आफ्नो जसरी एक सय रुपैँयामा नै कहि कतै कसैले खाना खुवाउने गरेको जानकारी गर्ने पहिलो व्यक्तिलाई ‘लाइफ टाइम’ निः शुल्क खाना खुवाउने समेत दाबी गरेको छ ।

महेन्द्रनगरमा आठ वर्षदेखि सञ्चालनमा रहेको हाम्रो भोजनालयले सुरुवाति चरणदेखि नै १०० रुपैँयामा नै ग्राहकलाई खाना खुवाउदै आइरहेको छ । प्रत्येक वर्ष यस्ता उपहार ‘स्किमहरु’ समेत राख्दै आएको सञ्चालक मिश्रले बताए ।

उनका अनुसार हाम्रो भोजनालयले सुनको सिक्का, चाँदीको सिक्का, ल्यापटप, मोबाइल उपहार लगायतका ‘स्किम’ सञ्चालन गरिसेका छन् । कुनै समयमा माघीमा खाना फ्रि समेतका अफर गरेको पनि उनि बताउछन् ।

सेवाग्राहीहरु र व्यापारी बिच ज्यादा भन्दा ज्यादा प्रगाढ सम्बन्ध स्थापित होस भन्ने हेतुले आफुले समय–समयमा यस्ता उपहार लगायतका ‘स्किमाहरु’ सञ्चालन गर्दै आएको हाम्रो भोजनालयका सञ्चालक मिश्रले बताए ।

ग्राहकहरुका लागि सबै व्यापारीहरुले समय–समयमा यस्ता स्किम तथा उपहारका कार्यक्रमहरु ल्याउन प्रभावित हुनपर्छ भनेर समेत आफु अभियानमा रहेको उनले बताए ।

No description available.

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार