Saturday, July 27, 2024

कञ्चनपुरमा नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको २३औं साधारण सभा सम्पन्न

प्रकाशित:

किशोर तामाङ/पुनर्वास । नेपाल रेडक्रस सोसाइणटी पुनर्वास उपशाखा शाखा को २३औं साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कंचनपुरको सुदूर दक्षिणी भेगमा अवस्थित नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले आफ्नो स्थापनाकालको २२औं वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेकोमा २३औं साधारण सभा पुनर्वास नगरपालिका ६ ,प्रतिभानगर टाउन बजार स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति कृष्ण बहादुर तामाङको सभापतित्व र नगरप्रमुुख तोय प्रसाद शर्माको प्रमुख अतिथ्यमा अयोजित उक्त सभामा पानसमा दियो प्रज्वलन र ब्यनर वाचन गरी २३औं साधारण सभा को उदघाटन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाका आफ्नै किसिमका वाध्यता र कठिनाइहरु समस्या र चुनौतीहरुको सामना गर्दै, सिमित साधन र श्रोतहरुको कमी रहँदा रहँदै उपशाखाले पुनर्वास नगरपालिका भित्र आफ्नो सेवा र कार्य पुरÞ्याउदै आएको छ ।

उक्त कार्यक्रममा रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूना प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै रेडक्रस सोसाइटी शाखा पुनर्वासका सदस्य चन्द्र बहादुर थापा ले रेडक्रसका सात सिद्धान्त वाचन गरिएको थियो।

रेडक्रस सोसाइटी पुनर्वास उपशाखा का सचिव रूपेश खरेलले रेडक्रस जस्तो विशुद्ध र सेवामुखी भावनाका साथ जोखिमयु्क्त परिस्थितिहरुमा समेत आफ्नो भौतिक शरीरको रक्षा गर्दै कल्याणकारी काम सम्पन्न गर्नु आफैमा चुनौतीपूर्ण कार्य रहेको बताए । उनले रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाप्रति स्मरण गर्दै ईटालीको सल्फेरीनो भन्ने ठाउँमा ईटाली, फ्रान्स र अष्ट्रिया बीचको युद्धबाट भएको त्रासदिपूर्ण घटनाबाट विह्वल भई ड्युनामा जागृत मानवीय भावनाबाट रेडक्रसको जन्म भई आजको यस अवस्थाका रेडक्रस विश्वव्यापी संस्थाको रुपमा स्थापित भएको बताए ।

कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि पण्डितले २३औं साधारण सभामा गत आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष ०८०/०८१ को पौस महिनासम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उनले रेडक्रसको वार्षिक प्रतिवेदन, भावी कायर्क्रम, आर्थिक प्रतिवेदन र एम्बुलेन्स सेवाका लागि हालसम्म उठेको रकम र वर्तमान अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । उनले चालु आर्थिक वर्ष ०८०/०८१ को पौस महिनासम्मको आर्थिक प्रतिवेदनमा प्रभुु बैकमा ४ लाख ९७ हजार, राष्ट्रिय वाणिज्य बैकमा ५ लाख १० हजार ३ सय ९३ रुपैय,कृषि बिकास बैकमा १ लाख ३२ हजार ,उठन बाकी १८ हजार ५ सय ५० रुपैय र नगद १० हजार ४ रुपैय ३० पैसा गरी जम्मा ११ लाख ६७हजार ९ सय ४७ रुपैय ३० पैसा मौज्यदा रकम रहेको जानकरी दिए ।

उक्त सभामा पुनर्वास नगरपालिका वडा नं ६ का वडाअध्यक्ष मित्र सिंह लामाले रेडक्रसका वारेमा आफ्नो धारणा राख्दै भने “स्थापनाकालदेखि आजसम्म यस उपशाखाले प्राप्त गरेको सफलता एक दुई जनाको प्रयासले मात्र सम्भव भएको हैन । तसर्थ “सेवा नै धर्म हो“ भन्ने कल्याणकारी भावनाबाट प्रेरित भै यस महान यात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, मानसिक एवम् बौद्धिक सहयोग पुर्याउनु पर्ने बताए। उनले आर्थिक सहयोग सम्बन्धमा रेडक्रसले विविध कार्यक्रम वा कार्यालय सञ्चालनका लागि ११ वटै वडा कार्यालयहरुमा समन्वयन गर्नुपर्ने औल्याउदै उक्त कार्यमा आफु कटिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै महेन्द्र बहादुर बस्नेतले उपशाखाले हावाहुरी, आगलागी, चट्याङ्ग र बाढीबाट क्षती भएका घर परिवारहरुलाई सामन्य सहयोग प्रदान गरिरहेको छ यो एकदमै सर्हनिय कार्य रहेको बताए । तर उनले संस्थाको नाममा रहेको एम्बुलेन्सबाट अपेक्षाकृत आर्थिक उपलब्धी हासिल गर्न नसकेको जिकिर गर्दौ उपशाखा नियमित आर्थिक श्रोतको अभावमा अघि बढिरहेकोले यस बारे बिचारबिमर्र्श अपरिहार्य रहेको बताए ।

यसैगरी विगत लामो समय देखि प्राप्त हुन नसकेको जमिन नापी गर्न सपल भई उक्त जमिनमा पर्खाल निर्माण कार्यक्रम सुचारु भएकोमा खुशी ब्यक्त गर्दै जिल्ला सदस्य राजेन्द्र श्रेष्ठले उपशाखाको वार्षिक साधारण सभाबाट प्रस्तावित र पारीत कार्यक्रमहरुलाई वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्न सुझाएका थिए ।

सभालाई सम्बोधन गर्दै पुुनर्वास नगरप्रमुुख तोय प्रसाद शर्माले रेडक्रसको सिद्धान्त बमोजिम दुःखमा सहयोग गर्ने र आपत परेको बेला रेडक्रस सम्झिने भएकाले सिद्धान्त बमोजिमको कार्यमा पुनर्वास उपशाखा अगाडि बढिरहेकाले वर्तमान अवस्थामो उपशाखालाई आर्थिक, भौतिक, बौद्धिक लगायत जुनसुकै सहयोग गर्न आफु सधै तयार रहने बताए । उनले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्ने बताए ।

उपशाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति कृष्ण बहादुर तामाङले रेडक्रस सोसाइटी विशुद्ध मानवीय सेवा र प्रवद्वन गर्ने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय स्वयमसेवी पवित्र संस्था रहेको बताए । उनले भने संसारभरी प्राकृतिक एंव मानविय कारणले हुने ठुला विपत्तिहरुको पहिलो साथी रेडक्रस सोसाइटी बनेको छ । तसर्थ हाल बिभिन्न चुनौतीहरुको सामना गर्दै हाल पुनर्वास उप–शाखाले जमिन प्राप्त गरि सकेको बताउदै उक्त क्षेत्रमा पर्खाल निर्माणको कार्य भईरहेको जानकारी दिए । अध्यक्ष तामाङले भवन निर्माणको लागि डि।पी। आर। बनाउने कार्य समेत अन्तीम चरणमा पुगेकोेले भवन निर्माणको लागि आवश्यक सहयोगका लागि नगरपालिका लगायत अन्य कुटनितीक नियोगहरुमा अनुरोध गर्ने बताए ।

उपशाखाले हाल मात्रै जाजरकोट र रुकुम पश्चिममा गएको भुकुम्प पिडीतको लागि राहत कार्यक्रम सञ्चालन गरी प्रतिभानगर बजार, आई। वि। आर डी। बजार र १८ वटा विद्यालयका जु।रे।स। यु।रे।स। र विद्यालय परिवारबाट गरि कुल रकम रु १,१४,५९१।– संकलन गरि रहत सहयोग प्रदान गरिएको थियो । यस कार्य संगसगै उपशाखाले उद्धार र राहत पुर्याउने कार्य विविध क्षेत्रहरुमा सेवाका कार्यहरुलाई फराकिलो बनाउँदै रचनात्मक ढङ्गबाट रेडक्रस अघि बढिरहेको बताए ।
उपशाखाका सभापति कृष्ण बहादुुर तामाङको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि पुुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा रहनु भएको थियो । रेडकस जिल्ला सदस्य राजेन्द्र श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिङ लामा, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्ट , विभिन्न संघसंस्था, आमा समूह, टोल विकास संस्था, सामुदायिक वन, विद्यालयका प्रतिनिधिहरु एवं रेडक्रसका आजिवन सदस्यहरु, रेडक्रस प्रेमी महानुभावहरु र,सहयोगी व्यक्तित्वहरूका साथै सञ्चारकर्मीहरुकोे उपस्थिति रहेको थियो ।

उपशाखाका उपसभापति कल्पना श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु गरिएको उक्त सभामा सचिबको प्रतिबेदन र कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित भएका थिए भने कार्यक्रमको सञ्चालन उपशाखाका सचिव रुपेस खरेलले गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार