Saturday, July 27, 2024

लालझाडीको नन्दगाउँमा १० शय्याको पालिका स्तरिय अस्पताल भवनको निर्माण कार्य सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा १० शय्याको अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । लालझाडीमा पालिका स्तरिय १० शय्याको अस्पताललको निर्माण कार्य सम्पन्न गरेर निर्माण कम्पनीले आइतवार गाउँपालिकालाई हस्तारन्तरण गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लालझाडी–३ नन्दगाउँमा १० शय्याको पालिका स्तरिय अस्पताललको संरचना निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी राजेन्द्र रूद्रवती सिद्वनाथ जेभीले निर्माण कार्य सम्पन्न गरेर आइतबार लालझाडी गाउँपालिकालाई हस्तान्तरण गरेको किशोर ठकुराठीले बताए ।

उक्त पालिका स्तरिय १० शय्याको अस्पताल भवन ६ करोड ५ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार