Saturday, July 27, 2024

कृष्णपुर नगरपालिकाको १४ औं नगर सभा सम्पन्न, ७ ऐन पारित

प्रकाशित:

गुलरिया । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ७ ऐन पारित गरेको छ । नगर कार्यपालिकाको १४ औँ नगरसभाबाट ७ ऐन पारित गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको नगरसभा बैठकबाट सो ऐन पारित गर्दै सभा सम्पन्न भएको हो ।

१४ औँ नगरसभाबाट वन तथा वातावरण संरक्षण ऐन,२०८०, संस्था दर्ता ऐन,२०८०, मेलमिलाप सम्बन्धि नियमावली,२०८०, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन,२०८०, सुरक्षित खानेपानी युक्त समुदाय घोषणा निर्देशिका, स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि, स्थानीय तहका लागि खानेपानी,सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली मार्गदर्शन सर्बसम्मत पारित गरिएको हो ।

यस्तै १४ औँ नगरसभाबाट ८ वटा कार्यबिधि संसोधन गरिएको छ । नगर प्रहरी ऐन, न्यायिक समिति कार्यविधि, २०७५, छाडा चौपायाको नियन्त्रण तथा व्यवस्थापन निर्देशिका,२०७४, आन्तरिक आय (ठेक्का) बन्दोबस्त सम्बन्धि नियमावली,२०७६, शिक्षा सेवा संशोधन नियमावली,२०७५, कृष्णपुर नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि,२०७५,सहकारी नियमावली र वन ऐन,२०७८ सम्बन्धी कार्यबिधि सर्बसम्मत पारित गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार