Saturday, July 27, 2024

सुदूरपश्चिम सेवा समाज युएईको नवौं वार्षिकोत्सव कार्यक्रम भब्यता साथ सम्पन्न

प्रकाशित:

दुबई । सुदूरपश्चिम सेवा समाज युएईको नवौं वार्षिकोत्सव कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ । गत ०७ जनवरी २०२४ आईतबारका दिन बरदुबईस्थित ब्लु प्यालेस रेस्टुरेन्ट को हलमा सुदूरपश्चिम सेवा समाज युएईले भूकम्प पीडित सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरी संस्थाको नवौं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

संस्थाका महासचिव प्रकाश दत्त बडुले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष मोहन ठकुराठीले गर्नु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका प्रथम उपाध्यक्ष धर्म राज पाण्डेय, विशेष अतिथि मा सुदुर पश्चिम सेवा समाज युएईका प्रथम सल्लाहकार तथा सुदूरपश्चिमेली नेपाली समाजका गल्फ संयोज श्रि दान सिह महरा विशेष अथिति नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष कमल गिरी रहनुभएको थियो ।

कार्यक्रमको अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवी र पत्रकारहरु रहनु भएका थिए । युएईका सात ओटै राज्यमा कार्यरत सुदूरपश्चिमेली हरुको बाक्लो उपस्थिति रहेको थियो ।

विगतदेखि चलिआएको रितीरिवाज र चलन चल्तीलाई कायम गर्दै प्रवासको भूमिमा पनि आफ्नो मौलिक भेष भूषालाई चिनाउंन पनि एउटा राम्रो कार्यको रुपमा लिन सकिन्छ । यस्ता खालका कार्यक्रमको आयोजनाले नेपाली संस्कृतिको उत्थान हुनुका साथै एकआपसमा भाईचाराको आदानप्रदान पनि हुने गर्दछ ।

कार्यक्रमलाई अझै संगीतमय तुल्याउनका लागि नेपालबाट अतिथि कलाकारको रुपमा चर्चित गायक चेतन बोहरा र गायिका रेखा जोशी आउनु भएको थियो । साथमा स्थानीय कलाकारहरुको पनि बृहत् जमघट भएको थियो भने सांस्कृतिक कार्यक्रम सञ्चालन उद्घोषिका चन्द्रिका ओझाले गर्नु भएको होे ।

सुदूरपश्चिमेलीहरु को लोकप्रिय डेउडा नाचले अझै सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न खाले मनोरञ्जनात्मक प्रस्तुतिहरुले दर्शकहरुका साथ अतिथिहरुलाई समेत नचाउन भ्याएका थिए ।

विगत १ वर्षको आर्थिक विवरणको जानकारी सुदुरपश्चिम सेवा समाज युएईका कोषाध्यक्ष तारा सिंह विष्टले दिनु भयो । समाजले गरेका कार्यहरू को विवरण सहितको सामाजिक प्रतिवेदन महासचिव प्रकाश दत्त बडुले प्रस्तुत गर्नुभएको हो ।

यसै गरी सुदुरपश्चिम सेवा समाज युएईका अध्यक्ष मोहन ठकुराठीले विभिन्न देशहरूमा रहेका सुदूरपश्चिमेली समाजहरुको छाता संस्था सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति संग आजको मितिदेखि औपचारिक रूपमा समन्वय गर्दै जाने र नेपाली नयाँ बर्ष तथा सुदूरपश्चिमेली हरुको महान चाड बिसुको दिन देखि अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुरुप काम गरी आबद्ध हुने घोषणा गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार