Saturday, July 27, 2024

श्री महेश्वर माध्यमिक विद्यालयले भु.पु शिक्षकहरुलाई सम्मान गदै मनायो वार्षिककोत्सव

प्रकाशित:

महेन्द्रनगर ।  कञ्चनपुरको श्री महेश्वर माध्यमिक विद्यालयले भु.पु शिक्षकहरुलाई सम्मान गदै ५६ औं वार्षिककोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको भीमदत्त नगपालिका वडा नम्बर १० सुकासालमा रहेको श्री महेश्वर माध्यमिक विद्यालयले न्युन पारिश्रमिकमा निजि शिक्षकको रुपमा सफलता पुर्वक अध्यापन कार्य गरि विद्यालमा शिक्षकको अभाव खड्कन नदिई विद्यालयको शैक्षिक स्तर उकास्न योगदान गर्नुहुने भु.पु शिक्षकहरुलाई स–धन्यवाद तथा प्रशसा पत्र सहित सम्मान गर्दै ५६ औं वार्षिककोत्सव अभिभावक दिवस समारोह धुमधामका साथ सम्पन्न गरेको हो ।

सोमबार अभिभावक दिवस समारोहका विच भु.पु शिक्षक श्री ललित प्रशाद भट्ट,श्री राज बहादुर खड्का,कृष्णानन्द पन्त,नरेश प्रशाद जोशी,अम्मरा जोशी,भुपेन्द्र लुहार,र गोरख चन्दलाई प्रशसा पत्र प्रदान गर्दे सम्मान गरिएको थियो ।यसै गरि विद्यालले आधारभुततह तथा विद्याल कर्मचारीको दरबन्दीमा कार्यरत रहि माध्यमिक तहका अध्यापन गर्नुृहुने पाच जना शिक्षक हर्क बहादुर चन्द,लक्ष्मी दत्त भट्ट,बिशा जोशी,रुकमणी चन्द शिह,र शन्तोश विक्रम चन्दलाई पेशा प्रति उत्पेरित गर्ने उदेश्यले नगद पुरुस्कार सहित प्रशसा पत्र प्रदान गरेको श्री महेश्वर माध्यमिक विद्यालयलका प्रध्यानाध्यापक जनक राज जोशीले बताएका छन्।विद्यार्थीहको पठनपाठनमा बल पुग्ने ठहर गरि स्वस्थ प्रतिस्प्रधाबाट विद्यार्थीहरु शैक्षिक प्रगतितिर अगाडि बढ्न आर्कर्षित भई सफल होउन भन्ने उदेश्यले प्रध्यानाध्यापक जनक राज जोशीले प्र.अ भत्ताबाट पाइने मासिक ५ सयका दरले हुन आउने वार्षिक रु ६ हजारबाट गरिब तथा जेहेन्दार हनुसासित,एवं खेल तर्फ उत्कृष्ट १० जना विद्यार्थी छनोठ गरि न्यानो कपडाबाट पुरुस्कृत गरेको महेश्वर माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोबिन्द थापाले बताएका छन् । विद्यालयले विगल लामो समयदेखि प्रअको भुमिकामा रहि सफलता पुर्वक विद्यालको चौतर्फी विकासमा निकै ठुलो योगदान पुर्याउनु भएका भु.पु प्रध्यापक देबेन्द्र चन्दलाई समेत सम्मान गरिएको थियो।

हाल महेश्वर माध्यमिक विद्यालयमा ४  सय ८७ जना विद्यार्थी अध्यनरत रहेका छन् भने सो मध्य ७२ प्रतिशत विद्यार्थी दलित बर्गका छात्र,छात्रा अध्यनरत छन्। आर्थिकवर्ष २०८० मा विद्यालयको शैशिक प्रगति ५२.६६ प्रतिशत रहेको वार्षीक प्रतिबेदनमा उल्लेख गरिएको छ। विद्यालय संचालनका लागि आव २०७०÷०८०मा नेपाल सरकारबाट प्राप्त अनुदान खर्च बाफत रु १ करोड ३० लाख ८३ हजार ५ सय ९९ रहेको छ ।

विद्यालयलाई भीमदत्त नगरपालिकाले विज्ञान प्रयोगात्मक सामाग्री र फर्निचर खरिद गर्ने ६ लाख ५० हजार आर्थिक अनुदान सहयोग गरेको छ ।त्यस्तै सुदुरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयले दुई कोठे भवन निर्माणका लागि रु १९ लाख आर्थिक अनुदान सहयोग गरेको विद्यालयले पेश गरेको यवार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रध्यापक जनक जोशिले राष्ट्रिय वाणिज्य बैक महेन्द्रनगरको शाखाको मुद्धती खातामा रहेको गत आर्थिक बर्षको रु २ लाख सहित चालु आर्थिक वर्षमा थप रु ३ लाख गरि ५ लाख जम्मा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै महेश्वर माध्यमिक विद्यालयले गत विगतमा हुने जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा द्धितिय स्थान तथा भीमदत्त नगर स्तरिय प्रदर्शनीमा तृतीय स्थान हासिल गर्न सफल रहेको थियो ।

५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका प्रमुख अतिथि माननिय प्रकाश रावल रहेका थिए भने जनप्रतिनिधि तथा विद्यालय व्यावस्थापन समितिका सदस्य तथा शिक्षक अभिभावकको निकै ठुलो उपस्तिथि रहेको थियो ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार