Saturday, May 25, 2024

अछाम कारागारभित्र लागुऔषधको ओसारपसार, एक जना पक्राउ

प्रकाशित:

अछामः अछाम कारागारभित्र लागुऔषधको ओसारपसार हुने गरेको पाइएको छ। जिल्ला कारागारमा मासुभित्र लागुऔषध ओसार पसार गर्ने एक जना पक्राउ परेका हुन्।

जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल लागुऔषधसहित मङ्गलवार राति पक्राउ परेका छन्। उनी जिल्ला कारागारका सफाई कर्मचारी हुन्।

उनको साथबाट ७ सय ४० मिलिग्राम लागुऔषध ९खैरो हिरोइन० फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउँदले बताए। साउँदले जिल्ला कारागार भित्र रहेको सेवन कर्ताको बारेमा भने बोल्न चाहेनन। तर, जिल्ला कारागार अछाममा पहिला पनि लागु औषधको ओसार पसार हुने गरेको आरोप छ।

 

ताजा समाचार

सम्बन्धित समाचार