Saturday, July 27, 2024

महेन्द्रनगरमा सिठी बजाउँदै क्यारिङ्कर्ताको आन्दोलन र्याली

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएपछि क्यारिङ्कर्ता आन्दोलित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर बजारमा आज एक हजार बढी क्यारिङ्कर्ताहरुले आन्दोलन स्वरुप सिठी फुक्दै र्याली प्रदर्शन गरेका छन् ।

भन्सार तिरेर क्यारिङ गर्नु पाउनु पर्ने माग राख्दै आन्दोलन गरिएको हो । आज महेन्द्रनगर बजार क्षेत्रमा एक हजार भन्दा बढी क्यारिङ्कर्ताहरुले सिठी फुक्दै आन्दोलन र्याली गरेका हुन् ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न पुर्ण रुपमा रोक लगाएको छ ।

साइकलमा समान क्यारिङ गर्नेहरुबाट राजश्व चुहावट हुँन लागेको बताउँदै कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार