महेन्द्रनगर । डडेल्धुरामा एक युवकको शव फेला परेको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका ९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन् । उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिंडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । थप अनुसन्धान भइरहेको छु उनले भने । मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेको बुझिएको छ ।
