Saturday, July 27, 2024

पुनः सञ्चालनमा आयो बेलौरी छोटी भन्सार

प्रकाशित:

महेन्द्रनगर । बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ। त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चार कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिए केही महिना सञ्चालन भएर बन्द भएको थियो। ‘भन्सार कार्यालय सञ्चालन गर्नेबारे पत्र आयो’, नगर उपप्रमुख जोगराम चौधरी भने, ‘केही दिनपछि थाहै नदिई भन्सार कार्यालयमा ताला लाग्यो। त्यसपछि कर्मचारी आएनन्।’

उनले भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन निकै पहल गर्नु परेको बताए। ‘छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युत् लाइन काटिएको थियो। त्यो तत्कालै जोड्न लगाएका छौँ’, उनले भने, ‘खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लाग्नुभएको छ। कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ, कर्मचारीलाई टिकाउन सहयोग गर्छौँ।’

भारततर्फका व्यापारीले पनि भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि खुशी व्यक्त गर्दै आफूतर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने अश्वासन दिएका छन्। भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान भन्सार भएर आउने गरेका छन्।

विगत जस्तै राजस्व संकलनको कार्य नियमित रुपमा हुने उहाँको भनाइ रहेको छ। भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार