काठमाडौँ । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
उनका अनुसार कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यस्तै ५६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्युनतम खरिद मूल्य तोकिएको उनले बताइन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)