Saturday, July 27, 2024

जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह

प्रकाशित:

काठमाडौं। सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जानकी मन्दिर प्रांगणमा मैथिली परम्परा अनुसार २१ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५र२५ जनाका लागि खाजारखानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो ।

परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०र८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।

विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो । जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।

परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक अवस्थाले कमजोर परिवारहरु हुन्छन् । २० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ । ‘अभिभावक र बेहुला बेहुलीको सहमतिमा हामीले विहेको व्यवस्थापन गरेका छौं । बेहुला–बेहुलीको नागरिकताको आधारमा २० वर्ष पुगेकालाई मात्रै हामीले विवाह गराएका हौं,’ अध्यक्ष साहले भने ।

ताजा समाचार

सम्बन्धित समाचार