Saturday, July 27, 2024

महेन्द्रनगर पुग्यो ‘जाउ है पोखरा’ अभियान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा ‘जाउ है पोखरा’ अभियानको अन्र्तगत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । होटल संघ पोखराले ‘जाउ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार महेन्द्रनगरको होटल सिद्धार्थमा आयोजकले अन्र्तक्रिया कार्यक्रम गरेको हो । ‘आन्तरिक पर्यटन नै दीगो पर्यटनको आधार’ मूल नारा सहित दुई दशक अघिदेखि ‘जाउ है पोखरा’ भन्ने अभियान थालिएको आयोजक होटल संघ पोखराले जनाएको छ ।

आफुहरु पोखराको प्रचार प्रसारकालागि देश विदेशमा विभिन्न ‘इभेन्टहरु’ गर्दै आएको होटल संघ पोखरा बताउछ । प्रचार प्रसारकै शिलशिलामा महेन्द्रनगर पुगिएको आयोजकले बतायो ।

आन्तरिक पर्यटनको विकासको लागी व्यवसायीक सहकार्य र पर्यटन पर्वद्वनको मुख्य उद्देश्य अभियानले लिएको होटल संघ पोखराका अध्यक्ष लक्षमण सुबेदीले बताए ।

‘यहीँ यथार्थलाई ख्याल गर्दै निरन्तरता दिएका छौ’ अध्यक्ष सुवेदीले भने, ‘देशैभर नेपालीहरुको घुम्ने बानिको बिकास भएको छ, पोखरामा मात्रै ३५ प्रतिशत नेपाली छन् ।’

ताजा समाचार

सम्बन्धित समाचार