Monday, April 22, 2024

महिलाभन्दा पुरुष धेरै धोखेबाज हुन्छन् ?

प्रकाशित:

केही कथा अनि फिल्ममा महिलालाई धोकेबाज देखाइएको छ । अनि केहीमा चाहिँ कसैको प्रेममा पुरुष पागल भएर हिँडेको पनि देख्न पाइन्छ । तर साँच्चै महिलाहरू धोकेबाज हुन्छन् त रु के भन्छ त सर्वेक्षण र अनुसन्धान ?

बेलायतमा विवाहेत्तर सम्बन्धमा पुरुष र महिलाको प्रवृत्तिबारे एउटा अध्ययन गरिएको थियो । सर्वेक्षणका अनुसार एक तिहाइ पुरुषले आफू विवाहित भएर पनि बाहिर प्रेम सम्बन्ध राख्दै हिँडेका थिए ।

प्रेम सम्बन्ध नराख्ने अधिकांश पनि मौकाको खोजीमा रहेको पाइएको थियो । तर पुरुषको तुलनामा १० प्रतिशत महिला मात्रै विवाहेत्तर सम्बन्धमा रहेको पाइयो । अध्ययनमा सहभागी अधिकांश महिलाले वैवाहिक सम्बन्ध बाहेक अरू सम्बन्ध राख्ने इच्छा अस्वीकार गरेका थिए ।

१० प्रतिशत पुरुष पार्टनर साटासाट गर्न तयार

४ सय जना विवाहितमाझ गरिएको यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको छ । अध्ययनमा सहभागी भएका १० प्रतिशत पुरुष शौकको रूपमा कहिलेकाहीँ आफ्नो पार्टनर साटासाट गर्न समेत तैयार देखिए । विवाहित महिलामा आफ्नो पार्टनरप्रति समर्पणको भाव पुरुषभन्दा धेरै देखिएको थियो । महिलामा यस्तो आँकडा ५ प्रतिशतभन्दा कम थियो । बेलायतमा बहुविवाह अर्थात् एक भन्दा धेरै जनासँग विवाह गर्नु अवैध छ ।

महिला र पुरुषको मायामा अन्तर

फिल्म वा कथा कहानीमा पुरुषको तुलनामा महिलालाई बढी धोखेबाज देखाइन्छ । फिल्म भन्दा त अध्ययन अनुसन्धानको नतिजा भरपर्दो हुन्छ होला नि होइन रु तर यस्तो किन भइरहेछ रु पुरुषहरू महिलाको तुलनामा किन धेरै विवाहेत्तर सम्बन्ध बनाउँदै हिँडिरहेका छन् रु उनीहरू एउटै पार्टनरप्रति समर्पित भएर किन बस्न चाहँदैनन् ?

यसको पछाडि कतै न कतै पुरुष र महिलाको मनोविज्ञानको अन्तर कारण हुन सक्छ । पुरुषले यौनकै लागि माया प्रेम गर्ने अनि महिलाले मायाका लागि यौन गतिविधिमा संलग्न हुने चर्चित लेखक खुशवन्त सिंहले आफ्ना पुस्तक ‘वुमन, लभ एन्ड लष्ट’मा भनेका थिए । अर्थात् महिलाले मनदेखि माया गरेपछि मात्रै यौनबारे सोच्छन् । तर पुरुषको आकर्षण चाहिँ शरीरबाटै सुरु हुन्छ ।

कुनै पनि पुरुषसँग मनदेखि नजोडिएसम्म महिलाले शारीरिक सम्बन्ध बनाउन सक्दैनन् । महिलाले कुनै पुरुषलाई माया गर्न थाल्छे वा ऊसँग भावनात्मक रूपमा जोडिएको छ भने मात्रै त्यो पुरुषतर्फ आकर्षित हुन थाल्छे । कुनै सुन्दर पुरुषप्रति महिला आकर्षित हुन सक्छन्, तर मात्रै शरीरलाई हेरेर ऊसँग यौन सम्बन्ध बनाउँदिनन् ।

तर पुरुष भने पहिलो नजरमै माया, शारीरिक आकर्षणको चक्करमा धेरै पर्छन् । यो पुरुषको सहज मनोविज्ञान हो । यही शारीरिक आकर्षणका कारण उनीहरूमा एक भन्दा धेरै पार्टनर बनाउने प्रवृत्ति धेरै देखिएको हो । यो सबै आकर्षण मात्रै हो । यसलाई कुनै पनि अर्थमा माया वा सम्बन्ध भन्न नसकिने सिंह बताउँछन् । एजेन्सी

ताजा समाचार

सम्बन्धित समाचार