-महेन्द्रनगर । सुदूर पश्चिम विश्वविद्यालयमा ६४ पदमा सेवा आयोगको कार्यालयले रोजगारीका लागि विज्ञापन आह्वान गरेको छ । सोमबार सेवा आयोगले एक सूचना जारी गर्दै विभिन्न ६४ पदका लागि दरखास्त आह्वान गरेको हो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)