Monday, April 22, 2024

डडेल्धुरामा आगलागी हुँदा दुई करोड ८६ लाख बराबरको क्षती

प्रकाशित:

महेन्द्रनगर । शनिवार भएको आगलागीबाट डडेल्धुरामा झण्डै दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति पौने ९ बजेतिर अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार