Saturday, July 27, 2024

महाकाली प्रादेशिक अस्पतालद्वारा हात्तीपाईले तथा हाइड्रोशिल रोग सम्बन्धी स्क्रिनिङ्ग क्याम्प सञ्चालन

प्रकाशित:

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले राष्ट्रिय हात्तिपाईले कार्यक्रम अन्र्तगत हात्तीपाईले तथा हाइड्रोशिल रोग सम्बन्धी स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाँटा–११ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दीपनगरमा शुक्रवार हात्तिपाईले तथा हाइड्रोशिल रोग सम्बन्धी स्क्रनिङ क्याम्पको आयोजना गरिएको हो ।

अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र सिंह रावलका अनुसार स्क्रनिङ गरिएका १० जना विरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

स्क्रनिङ क्याम्प जिल्लाका १० स्थानमा सञ्चालन गरिने छ । हात्तिपाईले रोग सन् २०३० सम्म निवारण गर्ने लक्ष्य अनुरुप कार्यक्रम अगाडी बढाईएको उनको भनाई रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार