Saturday, July 27, 2024

मझ्गाउँ विमानस्थल निर्माणमा उल्झनः समस्या समाधानका लागि सर्वदलीय ऐक्यबद्धता

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले मझ्गाउँ विमानस्थल निर्माणकार्य दुत्रगतिमा सञ्चालनका लागि सम्बन्धित निकायहरुलाई आह्वान गर्न सर्वदलीय सर्वपक्षीय बैठक राखेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रवार संघले कञ्चनपुरमा निर्माणाधिन रहेको मझ्गाउँ विमानस्थलको निर्माण कार्यलाइ छिटो छरितो र समयमै सम्पन्न गर्न सरोकारवाला निकायहरुमा अनुरोधका लागि सर्वदलीय सर्वपक्षीय बैठक राखेको हो ।

मझ्गाउँ विमानस्थलको निर्माण कार्यको जिम्मेवारी पाएको निर्माण कम्पनी कान्छाराम कुमार श्रेष्ठ–उमा एण्ड कम्पनी जेभी मैजुबहाल ७ काठमाडौले निर्माण कार्यमा समस्या भएकाले निर्माण व्यवसायी संघ कञ्चनपुरलाई समस्या समाधानका लागि पहल गरि दिन अनुरोध गरेको हो ।

शुक्रवार संघको आयोजनामा सर्वदलीय र सर्वपक्षीय छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएर अध्यक्ष निरञ्जन प्रसाद भट्टको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो ।

जिल्लाका राजनीतिक दलहरुका प्रमुख एवं प्रतिनिधिहरु, सरोकारवाला कार्यालय शुक्लाफाँटा राष्ट्रिय निकुन्जका कार्यालय प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रतिनिधि, अभियन्ता र अन्य निर्माण व्यवसायीहरुका बिच समस्या समाधानका लागि छलफल भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अधिकार क्षेत्र भित्र रहेको रत्न वाटिका लगायतको क्षेत्रमा निर्माण कम्पनीले कार्यसञ्चालनका लागि अनुरोध गरेकोमा इआइए नभइकन उक्त क्षेत्रमा निर्माण कार्य सञ्चालन गर्दा थप उल्झन र कानूनी झमेला हुँने भएको निष्कर्ष सहित इआइएको कार्य अघि बढाउन आवश्यक देखिएको छ ।

उक्त कार्यका लागि सरोकारवाला सबै सरकारी संयन्त्रलाई दबाब सहितको आह्वान आवश्यक रहेको उक्त सर्वदलिय बैठकको ठहर छ । त्यसका लागि सबै राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

May be a black-and-white image of ticket stub and text

May be an image of the Western Wall and text

 

ताजा समाचार

सम्बन्धित समाचार