महेन्द्रनगर । आज कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो कञ्चनपुर सम्मेलन हुँदै छ । दोधारा चाँदनी नगरपालिकाको आयोजनामा आज तेस्रो कञ्चनपुर सम्मेलन हुँनगइरहेका हो ।

सुरक्षित र दिगो विकासका लागी उत्थानशील पालिका मञ्चको तेस्रो कञ्चनपुर सम्मेलन–२०८० आज हुँदैछ । उक्त कञ्चनपुर सम्मेलनमा एनएनएसडब्लुए र डीसीएले प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने छ ।

आज सम्पन्न हुँने तेस्रो कञ्चनपुर सम्मेलनमा सुरक्षित र दिगो विकास संगै बिभिन्न प्रकारका विपद्हरुको जोखिम न्यूनीकरण गर्दै उत्थानशील पालिका निर्माणमा कञ्चनपुर जिल्लाका सबै स्थानीय तहहरु बीच सहकार्य, समन्वय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भए गरेका नवीनतम अभ्यास र प्रविधिहरु बारे अनुभव तथा जानकारी आदान प्रदान गर्ने उद्देश्यले कंचनपुर जिल्लाका सबै पालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विपद् सम्पर्क व्यक्तिहरुको सहभागितामा दोधारा चाँदनी नगरपालिकामा कञ्चनपुर सम्मेलन–२०८० आयोजना गरिएको हो ।

आजको कार्यक्रमको प्रमुख अतिथी सुदूर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा रहनेछन् ।
पहिलो कञ्चनपुर सम्मेलन भीमदत्त नगरपालिकाको आयोजनामा २०७८ सालमा सम्पन्न भएको थियो भने दोश्रो सम्मेलन पुनर्वास नगरपालिकाले २०७९ सालमा आयोजना गरेको थियो ।
तेस्रो कञ्चनपुर सम्मेल आज दोधारा चाँदनी नगरपालिकाको आयोजनामा हुँनगइरहेको छ ।