महेन्द्रनगर पुगेर लिङदेन भन्छनः–नेता र कर्मचारीहरुको सम्पत्ती छानबिन गर्नुपर्छ

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले २०४६ सालयताका राजनीतिक दलका शिर्ष नेता एवं उच्च पदस्थ कर्मचारीको सम्पती छानबिन गर्नुपर्ने बताएका छन ।

बिहीबार राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ०४६ साल यताका राजनीतिक दलका शिर्ष नेता एवं उच्च पदस्थ कर्मचारीको सम्पती छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘०४६ साल पछि मुलुकमा भ्रष्टाचार भ्रष्टाचार भएको छ, शिर्ष नेता र उच्च पदस्थ कर्मचारीले श्रीमती छोराछोरी आफन्तका नाममा सम्पत्ती राखेका छन’, अध्यक्ष लिङदेनले भने,‘सम्पत्ती अरुबाट नभई मबाटै छानबिन गर्नुपर्छ, म तयार छु ।’ अध्यक्ष लिङदेनले मुलुक भ्रष्टाचारीले सञ्चालन गरिरहेको भन्दै भ्रष्टाचार अन्त्यका लागि राप्रपाले अभियान संञ्चालन गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार