Saturday, July 27, 2024

पाकिस्तानको एक सैन्य शिविरमा भएको हमलामा २३ सैनिकको मृत्यु

प्रकाशित:

पाकिस्तानको उत्तर पश्चिममा सुरक्षाकर्मीहरूको एक शिविरमा भएको विद्रोही हमलामा परेर कम्तीमा २३ जना सैनिकहरू मारिनुको साथै दर्जनौँ घाइते भएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी सेनाले खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको दरबान क्षेत्रमा सुरक्षा बलमाथि आत्मघाती हमला भएको जनाएको छ।

अफगानिस्तानतर्फको सीमा नजिकै पर्ने उक्त स्थानमा मङ्गलवार बिहानै विस्फोटक पदार्थहरू राखिएको एउटा गाडी सैन्य भवनमा जोताइएपछि उक्त घटना भएको बताइएको छ।

पाकिस्तानी तालिबानसँग सम्बद्ध एक लडाकू समूहले उक्त हमलाको जिम्मेवारी लिएको छ।उक्त प्रहरी परिसरलाई पाकिस्तानी सेनाले आफ्नो शिविरको रूपमा प्रयोग गर्दै आएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार