Saturday, July 27, 2024

वीरगञ्जमा मेयर र उपमेयरका समर्थकबीच कार्यालयमै कुटाकुट

प्रकाशित:

पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच कार्यालयमै कुटाकुट भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अहिले स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालयको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद शुरु भएको जनाइएको छ।

उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताउँदै आएको थियो।

पञ्जीकरण शाखाका लागि उपमेयरले कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो। खाली रहेको कोठा प्रयाग गर्ने बिषयमा विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा जम्मा भएका थिए।

गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार