Saturday, July 27, 2024

भीमदत्त-१८ ले एचआईभी संक्रमितहरुलाई आर्थिक सहयोग गर्ने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ ले एचआईभी संक्रमित नागरिकहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार भीमदत्त–१८ ले सूचना जारी गर्दै एचआइभी संक्रमित नागरिकहरुलाई १५ दिन भित्र वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

भीमदत्त–१८ मा स्थायी बसोबास भएका एचआईभी संक्रमित नागरिकहरुले आफ्नो पहिचान खुल्ने परिचय पत्र र बैंक खाता विवरण सहित वडा कार्यालयमा सम्पर्क गर्नकालागि सूचना जारी गरेको वडा सचिव दिनेश राज भट्टले बताए ।

May be an image of text

 

ताजा समाचार

सम्बन्धित समाचार