महेन्द्रनगर । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
शुक्लाफाँटा नगरपालिका९१ स्थित शहरी स्वास्थ्य केन्द्र बन्साहमा आयोजित स्वास्थ्य शिविरमा वडा नं। १, २ र १२ का ५ सय ४८ जनाले रगत परीक्षण गराएका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टका अनुसार १ सय ७५ पुरुष र ३ सय ७३ महिलाको रगत परीक्षण गरिएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
जसमध्ये ४२ जनामा सिकलसेलको संक्रमण देखिएको छ। १९ जना महिला र २३ जना पुरुषमा सिकलसेलको संबाहक देखिएको उनले बताए। ‘रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका ५४८ जनाको रगत परीक्षण गरेका थियौं, ४२ जनामा सिकलसेलको संबाहक देखिएको छ, यनीहरुको फेरी रगत परिक्षण गर्छौ,’ उनले भने, ‘त्यसपछि सिकलसेल एनिमिया या थालसेमिया के हो भन्ने थाहा हुन्छ।’
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)
पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ। सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर जोखिममा रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको औलो रोग निरीक्षक भट्टले जानकारी दिए। ‘यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ’, उनले भने, ‘यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ।’ उनले यसको कुनै उपचार नभएको बताउँदै संक्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए।