Monday, April 22, 2024

नगर प्रहरीलाई खुकुरी दिन वडाध्यक्षको प्रस्ताव, बालेनले भने- नगर प्रहरीको प्रयोजन त्यो होइन

प्रकाशित:

काठमाडौं । काठमाडौं महानगरपालिकाको २५ औं नगर कार्यपालिका बैठकमा वडाध्यक्षले नगर प्रहरी सुरक्षाका लागि खुकुरी दिन सल्लाह दिएका छन्।

शुक्रबार बसेको २५ औं नगर कार्यपालिका बैठकमा वडा नम्बर( २३ का वडाध्यक्ष मचाराजा महर्जनले महानगर प्रहरी सुरक्षाका लागि उनीहरूलाई राष्ट्रिय हतियार खुकुरी दिन प्रस्तावको रूपमा सल्लाह दिएका हुन्।

मंसिर १७ गते बसन्तपुरमा नगर प्रहरीमाथि हातपात भएपछि उनले उक्त प्रस्ताव कार्यपालिका बैठकमा पेश गरेका थिए।

ुहाम्रो निर्देशनअनुसार जिम्मेवारी पूरा गर्दा नगर प्रहरीमाथि हातपात गरी कुटपिट भएको छ,ु शुक्रबार बसेको नगरकार्यपालिका बैठकमा वडाअध्यक्ष महर्जनले भनेका थिए, ुकेही दिनअघि मात्र उहाँलाई डिस्चार्ज गरिएको छ। अहिले उपचारको क्रममा घरमै हुनुहुन्छ।ु

नगर प्रहरीमाथि घटना घट्दा पनि प्रशासनले जिम्मेवारी नलिएको उनको आरोप थियो।

सोही क्रममा वडाध्यक्षले मेयर बालेनलाई बैठकमै प्रस्तावको रूपमा सल्लाह समेत दिएका थिए।

ुनगर प्रहरीले आफ्नो सुरक्षाका लागि कमसेकम राष्ट्रिय हतियार एउटा खुकुरी राख्न पाउँछ कि पाउँदैनरु,ु उनले अगाडि प्रश्न गर्दै भने, ुखुकुरी राख्ने व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैनरु अहिले जुन अराजक घटना घटेको छ, कुनै हतियार दिँदा उसको सुरक्षा हुन्छ।ु

सोही बेला महानगरपालिकाका मेयर बालेन शाहले नगर प्रहरी सुशासनको लागि भएको र नगर प्रहरीले धेरैमा ट्राफिक प्रहरीसम्मको जिम्मेवारी बहन गर्न सक्ने बताए।

ुहतियार बोक्ने, अपराध अनुसन्धान गर्ने काम नगर प्रहरीकोमा पर्दैन,ु वडाध्यक्षलाई जवाफ दिँदै मेयर बालेनले भने, ुनगर प्रहरीको सुरक्षा नेपाल प्रहरीले गर्नुपर्छ भन्ने बुझाइसम्म ठीकै छ।ु

यस्तै, यस विषयमा थप नेपाल प्रहरीसँग कुरा गरेर अन्य केही उपाय लगाउने मेयर बालेनले कार्यपालिका बैठकमा बताएका थिए।

बसन्तपुरमा भएको के थियो भनेर हामीले निमित्त महानगर प्रहरी प्रमुख विष्णु जोशीलाई साधेका छौं।

उनका अनुसार केही दिनअघि बसन्तपुरका चिया पसल हटाउने क्रममा चार जनाको समूहले नगर प्रहरीमाथि कुटपिट गरेको थियो।

ुबाहिर बनाएर कागजका कपमा चिया बेच्नेहरूलाई हटाउन खोज्दा ड्युटीमा खटिनुभएको प्रहरीमाथि हातपात भएको थियो,ु उनले भने, ुत्यसपछि उहाँ एकदिन राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना हुनुभएको थियो।ु

यस्तै, ड्युटीमा खटिएका नगर प्रहरीमाथि हातपात गर्ने चार जनालाई शुक्रबारै पक्राउ गरिसकेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार