धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटामा नेपालमै पहिलो पटक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने बताएका छन्।

कैलालीको धनगढीमा शुक्रवारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयसँगै गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आफ्नो भूमिका रहेको बताएका छन्।

उनले भने, ‘गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलो पटक बजेट विनियोजन गरिएको र बिचमा विवादित भएर रोकिएको काम म दोस्रो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि शुरु भएको थियो। सो अनुरूपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन्। अहिले मेरो तेस्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ।’
