दोधारा चाँदनीमा सामुदायिक बिद्यालयका शिक्षकहरुको टि– १० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित:

दोधारा । सामुदायिक बिद्यालयका शिक्षकहरुको क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भएको छ ।

दोधारा चाँदनी नगरपालिका– १० ओंमकार बिद्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुको सहयोगमा बुधवार देखि शिक्षकहरुको टि– १० क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भएको अम्बिका माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश बिष्ट ९मिन्टी० ले जानकारी दिएका छन् ।

शिक्षकहरुको टि– १० क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा नं। २ का वडा सदस्य मनकला खनाल पुजारा, बिद्यालयका प्रअ तथा शिक्षकहरुको उपस्थिती रहेको थिए ।

सामुदायिक बिद्यालयका आधारभुत तहका बिद्यालयका शिक्षकहरुले २ वटा बिद्यालयलाई जोडेर एक क्रिकेट टिम बनाउन सकिने छ भने, माध्यमिक तहका शिक्षकहरुले आफ्नै बिद्यालयका एक क्रिकेट टिम बनाउन सकिने बताईएको छ ।

साबिकको चाँदनी गाबिस कार्यालयमा रहेको प्रांगणमा संचालन भएको शिक्षक क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा बिजयता टिमलाई नगद धनरासी तथा ट्रफी प्रदान गरिने ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापकहरुले जानकारी दिएका छन् । उद्धघाटन खेल शंकर पार्वती र अम्बिका माध्यमिक बिद्यालय बिच भएको थियो ।

प्रतियोगिता आगामी २५ गने सम्पन्न हुने आयोजक संस्था ओंमकार आधारभुत बिद्यालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार