Saturday, July 27, 2024

केही बिखण्डनकारी तत्वहरु राष्ट्रियताको बिरुद्धमा लागेका छनः माओवादी महासचिव गुरुङ्ग

प्रकाशित:

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले वर्तमान सरकारले संचालन गरेको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र रचिरहेको बताएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले भ्रष्टाचार बिरोधी संचालन गरेको अभियानबाट अत्तालिएर व्यवस्था बिरोधी समुहले षड्यन्त्र गरिरहेको बताएका हुन ।

बिहीबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङ्गले सरकार र व्यवस्था बिरुद्धमा विभिन्न षड्यन्त्र भईरहेको बताए ।

‘वर्तमान सरकार सबै षड्यन्त्र चिरेर अघि बढ्छ, ‘महासचिव गुरुङ्गले भने, ‘अहिले सरकार बिरुद्धमा भईरहेका गतिबिधी व्यवस्था बिरोधी छन, तर पश्यगमनको कुनै सम्भावना छैन ।’

घोर पश्चगमन नारा दिएर केही बिखण्डनकारी समुह सकृय भईरहेको भन्दै महासचिव गुरुङ्गले धार्मिक विषय अघि सारेर मुद्दा उठान गर्दै आएको बताए ।
‘मुलुक अग्रगमन दिशातर्फ उन्मुख भईरहेको छ, ‘महासचिव गुरुङ्गले भने, ‘केही बिखण्डनकारी तत्वहरु राष्ट्रियता बिरुद्धमा लागेका छन ।’

महासचिव गुरुङ्गले गठबन्धनमा कुनै चुनौती नभएको बताउँदै मुलुकको सम्बृद्धिका लागि कम्युनिष्ट दल मात्रै नभई गैर कम्युनिष्ट पाटीसंगको सहकार्य आवश्यक रहेको बताए ।

समाजवादी मोर्चामा आधारभूत विषयमा एकमत भएको बताउँदै उनले पाटी एकतामा सबै कम्युनिष्ट दलविच एकता आवश्यक रहेको औल्याए ।

महासचिव गुरुङ्गले एनसेल प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै नेकपा महासचिव नेत्र विक्रम चन्द(विप्लव) सहितका नेता कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतीय आधारमा टुङग्याउनुपर्ने बताए ।
महासचिव गुरुङ्गले माओवादीको विकल्प नभएको बताउँदै पाटी जनतासम्म पुगिररहेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार