Saturday, July 27, 2024

लालझाडीको इन्जिनियर–ठेकेदार प्रकरणः निर्माण व्यवसायी संघको पहलमा दुवै पक्ष बिच मेलमिलाप

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायीबाट लालझाँडी गाउँपालिकाका इन्जिनियर कुटिएको प्रकरणमा मेलमिलाप भएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले थालेको निरन्तर पहलपछि मंगलबार उक्त प्रकरणमा विवाद समाधान सहित मेलमिलाप गर्न सफल भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण व्यवसायी संघ कञ्चपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको नेतृत्वमा संघकै कार्यालयमा बसेको बैठकले लालझाडीको उक्त विवाद सामाधान सहित सहमतिको आधार त गरेको हो ।

हिरासतमा रहेका निर्माण व्यवसायी भीमसेन राना संगै जाहेरीमा नरेस राना र जगदिश रानालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बोलाई माफि माग्न लगाउने र अब उप्रान्तः त्यस्ता काममा साथै प्रतिशोध साध्ने कार्य गरेमा कानून बमोजिम कारबाहि भोग्न तयार हुँने भनेर हस्ताक्षर समेत गराउने निर्णण् भएको निर्माण व्यवसायी संघका उपाध्यक्ष देव बहादुर चन्दले बताए ।

त्यस्तै छलफलबाट उक्त घटनाको सन्दर्भमा आर्थिक लेनदेनको अपवाहले इन्जिनियरको मानहानी भएको हुँदा ठेकेदार भीमसेन रानाले इलाका प्रहरी कार्यालय बैलौरीमै माफि माग्ने सहमति भएको छ ।

आगामी दिनहरुमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई सुरक्षित र भय रहित परिस्थिती र्सिजना गर्न अब उप्रान्त कुनै पनि निर्माण व्यवसायीहरुबाट त्यस्ता घटना घटेमा वा दोहरिएमा कानून बमोजिम कार्बाहि प्रकृया अगाडि बढाइने सर्व सम्मति भएको छ ।

घटनामा इन्जिनियर अवस्थीलाई पुगेको शाररिक चोटपटकको उपचारको सम्पुर्ण जिम्मा ठेकेदार रानाले व्यहोर्ने र ईन्जिनियर अवस्थीले उक्त घटनाको सम्बन्धमा कुनै पनि थप उजुरी नगर्ने भद्र सहमति भएको छ ।

लालझाँडी गाउँपालिका–२ कुञ्ज बजारको सडक स्तरोन्नती आयोजनाको थप निर्माण कार्य ठेकेदार राना, निर्माण व्यवसायी संघ कञ्चनपुर, नेपाल इन्जिनियर एसोसिएसन सुदूर पश्चिम र लालझाँडी गाउँपालिकाको कार्यालयको समन्वयमा सम्पन्न गर्ने र पालिकाका अन्य कर्मचारीहरुले पनि कार्यालयको आफ्नो कार्य क्षेत्रमा खटिइ जिम्मेवारी पुर्वक भूमिका निर्वाह गर्ने निर्णय सोमबार बसेको सयुक्त बैठकले निर्णय गरेको छ ।

सोहि अनुरुप लालझाडी गाउँपालिकाले पनि निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

लालझाँडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थी, निर्माण व्यवसायी भीमसेन रानाको परिवार, नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष प्रदिप पन्त सहित पदाधिकारीहरु र लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर शार्की लगायत निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष भट्ट सहित पदाधिकाहरीहरुको उपस्थितीमा बसेको बैठकले विवाद समाधान सहित मेलमिलापको टुंगो लगाएको हो ।

उक्त बैठकले गरेका निर्णयले विवाद समाधान भई मेलमिलाप भएको र आगामी दिनमा त्यस्ता घटना नदोहरिनदिन इन्जियिर तथा निर्माण व्यवसायी सबैले सचेत हुनुपर्ने नेपाल इन्जिनियर्स एसोसिएसन सुदूर पश्चिमका अध्यक्ष प्रदिप पन्तले बताए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार