Saturday, July 27, 2024

कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम डेस्क संचालन गर्ने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम डेस्क संचालन सम्बन्धि सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

श्रम डेस्क संचालन गर्ने मुख्य उद्देश्य सामाजिक संवाद गर्ने संयन्त्रको रुपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने, श्रम डेस्क स्थापना गरी श्रमिकले गर्ने काम सीप र दक्षताको आधारमा अभिलेख राखी अध्यावधिक गरी रोजकागरुकिा लागी रोजगार दाता संग समन्वय गर्ने रहेको भीमदत्त नगरपालिकाका रोजगार संयोजक मिनबहादुर महराले जानकारी दिएका छन् ।

साथ उनले स्थानिय तहमा दर्ता अभिलेखिकरण गरिएको श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजिकरण गर्ने बताए ।

श्रम डेस्कले पेशा, सिप दक्षता, योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको दर्ता अभिलेखिकरण गर्ने, पेशा, सिप दक्षता, योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको दर्ता अभिलेखिकरण पश्चात उनिहरुलाई परिचय जारी गर्ने पनि काम रहेको रोजगार संयोजक महराले बताए ।

समान काममा समान पारिश्रमिकको व्यवस्था लागु गर्ने, अभिलेख गरिएको श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजिकरण गर्ने कार्य गर्ने रोजगार संयोजक महराले जानकारी दिए ।

यस्तै, व्यवसायी कृष्ण प्रशाद पाठकले यो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे, श्रमिक र रोजगारदाता बिचको समस्यालाई कम गर्ने काम यस्ले गर्ने छ, साथै सामाजिक सम्वाद सम्बन्धीको भुमिका पनि आगामी दिनमा यो कार्यक्रमले समेटनु पर्ने उनले बताए ।

जनजाती महासंघका अध्यक्ष जिवन श्रेष्ठले सबै पक्षलार्य समेटेर छलफलमा ल्याईनु पर्ने बताए । साथै यो कार्यक्रमले श्रमिक र व्यवसायी बिचको समन्वय गराई समस्याको समाधान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

विगत लामो समय देखी यही विषयमा लामो पहल गरेपछि आज आएर यो कार्यक्रमले निरन्तरता पाएकोमा आफु लगायत श्रमिकहरु व्यवसायीहरु सबैलाई खुसी भएको बताए ।

श्रम डेस्क स्थापना भएपछि श्रमिकहरुको श्रमको सुरक्षाको विषय महत्वपुर्ण रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले बताए ।

श्रम गर्ने ठाँउ स्थान पनि महत्वपुर्ण रहेको र दुवै पक्ष रोजगारदाता र मजदुर को सुरक्षाको विषय पनि यो कार्यक्रमले हेर्ने बताए ।

साथै सरकारको तर्फबाट न्युनतम मापदण्ड तोकेर दुबै पक्षको समझदारीमा काम गर्ने र रोजगार दिने वातारणको अवसथा आर्थिक अवस्था कस्तो रहेको भन्ने पनि जानकारी दिनका लागी यो डेस्कले काम गर्ने उनले बताए ।

श्रम डेस्क संचालन समितिका संयोजक एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले यस्का लागी नगरपालिकाले १० लाख रुपैँया विनियोजन गरी कार्यबिधी नै निर्माण गरेर काम अगाढी बढाएको जानकारी दिईन् ।

आफ्ना मजदुरलाई समस्या नहोस, उनिहरुको हक अधिकार पनि कायम रहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताईन् साथै भीमदत्त नगरपालिकाको १९ वटै वडामा मजदुरहरुको तथ्याङ संकलन गरेर सुचिकृत गरी उनिहरुलाई पचियपत्र प्रदान गर्ने र उनिहरुको सुरक्षाको व्यवस्था पनि गरिने उनले बताईन् ।

ताजा समाचार

सम्बन्धित समाचार