Saturday, July 27, 2024

डडेल्धुरामा एकजना व्यापारी मृत फेला

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुरामा एकजना मृत फेला परेका छन् । अमरगढी नगरपालिका–५ बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका सञ्चालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए । मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका–३ चनाली हो ।

ताजा समाचार

सम्बन्धित समाचार