Saturday, July 27, 2024

लालझाँडी इन्जिनियर कुटपिट प्रकरणः सरकोरवाला निकाय सहित निर्माण व्यवसायी संघ कञ्चनपुरद्वारा सडकको स्थलगत अनुगमन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी माथि निर्माण व्यवसायी भीमसेन रानाले गरेको कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माणाधिन कालोपत्रे सडकखण्डको स्थलगत अनुगमन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको नेतृत्वमा लालझाँडी गाउँपालिका–२ कञ्ज बजारको विवादित सडक कालोपत्रेको गाउँपालिका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय राज बहादुर सार्की, कार्यपालिका सदस्य एवं लालझाँडी–२ का वडाअध्यक्ष आशाराम राना, लालझाँडी–५ का वडाध्यक्ष पहल बहादुर थापा, निर्माण व्यवसायीहरु र पत्रकारहरुले सयुंक्त रुपमा स्थलगत अनुगमन गरेका हुन् ।

कलाकानडा कन्स्ट्रक्सन एण्ड सप्लाई प्रालीले उक्त सडक निर्माणको ठेक्का पाएको थियो । मंसिर ११ गते गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थी निर्माणधिन कालोपत्रे सडकको अनुगमनमा गएको समयमा कलाकानडा कन्स्ट्रक्सनका सञ्चालक भीमसेन रानाले अनावश्यक रुपमा दुःख दिएको भन्दै इन्जिनियर अवस्थी माथि हातपात गरेका थिए ।

अनावश्यक दुःख दिने गरेको, प्राविधिकको आवश्यकता हुँदा उपस्थित नहुने, कहिले काहि काम भइरहेको स्थानमा आएर यो वा त्यो वहानामा स्रोत साधन बन्दगरी इन्जिनियर अवस्थीले अनावश्यक दुःख दिने गरेको निर्माण व्यवसायी रानाको आरोप छ ।

उद्यपी इन्जिनियर अवस्थीले भने आफुले कुनै प्रकारको दुःख नदिएको र काममा बाधा समेत नपुर्याएको बताउदै आएका छन् । गुणस्तरीयका नभएको र मापण्डमा रहि काम गर्न अह्वाउदा ठेकेदारले आफुमाथि अभद्र व्यवहार तथा कुटपिट गरेको इन्जिनियर अवस्थी दाबी छ ।

आइतबार लालझाँडीको उक्त विवादित एवं निर्माणाधिन सडकखण्डको निर्माण व्यवसायी संघ कञ्चनपुरको टोली सहित सरोकारवाला निमायहरुले स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा निर्माणाधिन सडक खण्ड मापदण्डमै रहेर निर्माण गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको ठहर छ ।
May be an image of 8 people

May be an image of ticket stub and text
May be an image of 7 people

 

ताजा समाचार

सम्बन्धित समाचार